मोरङ–६ मा शेखर कोइराला र ४ मा मोदीको अग्रता निरन्तर « Khabarhub

मोरङ–६ मा शेखर कोइराला र ४ मा मोदीको अग्रता निरन्तर


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले दुई हजार सात सय ८५ मत प्राप्त गरेका छन् ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सात हजार तीन सय ६७ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले दुई हजार तीन सय ८० र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले आठ सय ६४ प्राप्त गरेका छन् ।

क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले दुई हजार आठ सय २६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले दुई हजार एक सय १३ र राप्रपाका हिरा भट्टराईले एक हजार छ सय ५४ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा १५ हजार आठ सय १३ मतगणना भएको छ ।

यस्तै मोरङ क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले सात हजार एक सय ९९ मत ल्याएर अग्रता कायम राखेका छन् । एमालेका विनोदप्रसाद ढकालले चार हजार नौ सय ६७ र राप्रपाका रवि रिजालले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १३ हजार नौ सय १८ मतगणना भएको छ ।

यसैगरी क्षेत्र नं ४ (१) प्रदेशसभातर्फ सत्ता गठबन्धनका तर्फबाट नेकांका गुरुराज घिमिरेले पाँच हजार एक सय ६८, एमालेका जयप्रकाश चौधरीले चार हजार तीन सय ४९ र राप्रपाका आशनारायण माझी थारूले आठ सय ११ मत ल्याए । यस क्षेत्रमा ११ हजार चार सय ६७ गणना भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ०८ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै