बाँकेको क्षेत्र नं १ मा २ र ३ मा क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता « Khabarhub

बाँकेको क्षेत्र नं १ मा २ र ३ मा क्रमशः एमाले, राप्रपा कांग्रेसको अग्रता


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके जिल्लामा प्रतिनिधिसभातर्फका तीन क्षेत्रमध्ये एमाले, राप्रपा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माआवादी)का महेश्वरजङ गहतराजलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार सूर्य ढकालले अग्रता लिएका हुन् । 

तेह्र हजार सात सय ५४ मतगणना हुँदा ढकालले चार हजार नौ सय ३५ मतका साथ अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का गहतराजले तीन हजार नौ सय ६ मतका साथ पछ्याइरहेका छन् । क्षेत्र नं २ मा २७ हजार नौ सय ७५ मतगणना हुँदा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणाले १३ हजार तीन सय ५१ मतका साथ अग्रता कायम गरेका छन् ।

 यहाँ जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राइले आठ हजार पाँच सय ३९ मत, नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार सात सय ५९ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

 क्षेत्र नं ३ मा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सात हजार चार सय ६५ मत ल्याएर अहिले अग्रता कायम गरेका छन् । योभन्दा अघि उनी सुरुदेखि दोस्रो स्थानमा थिए । नेकपा (एमाले)का किस्मतकुमार कक्षपतिले सात हजार दुई सय ४३ मत प्राप्त गरेका भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले दुई हजार छ सय २९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना तीन स्थानमा भइरहेको छ । क्षेत्र नं १ को राप्ती सोनारी गाउँपालिका सभाकक्ष  क्षेत्र नं २ को नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नं ३ को खजुरास्थितकपास विकास समितिको कार्यालय परिसरमा मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : २६ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै