ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो : मस्क « Khabarhub

ट्विटरले १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो : मस्क


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– सामूहिक राजीनामाले ट्विटरमा अराजक वातावरणलाई औंल्याए पनि एलोन मस्कले दैनिक सक्रिय प्रयोगकर्ताहरू बढेको बताएका छन् । एक ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले यस्तो जानकारी गराएका हुन् । ‘ट्विटरले गत हप्ता १६ लाख दैनिक सक्रिय प्रयोगकर्ता थप्यो, जुन अहिलेसम्मकै उच्च हो,’ विद्युतीय सवारी टेस्लाका मालिकसमेत रहेका मस्कले भने ।

केही दिनअघिमात्र मस्कले कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न आदेश दिएका थिए । उक्त आदेशले अपाङ्गता भएका कामदारमाथि भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको थियो ।

क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : २७ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको