रविको राष्ट्रिय स्वतन्त्र चौथो ठूलो पार्टी बन्ने निश्चित « Khabarhub

प्रारम्भिक मतपरिणाम विश्लेषण

रविको राष्ट्रिय स्वतन्त्र चौथो ठूलो पार्टी बन्ने निश्चित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा चौथो ठूलो पार्टी बन्ने सम्भावना बढेको छ । हालसम्म विभिन्न १२ क्षेत्रमा अग्रता लिइरहेको घण्टी चुनाव चिन्ह भएको स्वतन्त्र पार्टीले जितको सम्भावना पनि त्यत्तिकै बढेको छ ।

यसअघि प्रक्षेपणमा पनि रवि लामिछानेको पार्टीप्रति सर्वसाधारण र युवाको चाँसो बढेको थियो । चितवन २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नै अग्रता लिइरहेका छन् । उनले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बढाइरहेका हुन् ।

रविको पार्टीले चितवनसँगै काठमाडौँ २, काठमाडौँ ६, काठमाडौँ ७ मा अग्रता लिइरहेको छ । यस्तै ललितपुर ३, सुनसरी २, चितवन १ मा पनि रविकै पार्टीको अग्रता छ । काठमाडौँ ८ मा भने रविको पार्टीबाट विराजभक्त श्रेष्ठले जित हासिल गरिसकेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी ३, झापा ४, रुपन्देही २ र कास्की २ मा पनि अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम हेर्दा रविको पार्टीभन्दा पछि राष्ट्रिय प्रजातन्त्र छ । उसले ७ ठाउँमा मात्रै अग्रता लिएको छ ।

माओवादीले १५ क्षेत्रमा अग्रता लिँदा एमालेले ३९ र कांग्रेसले ४५ ठाउँमा अग्रता लिएको छ । अहिले अग्रता लिएका ठाउँमा जित्ने सम्भावना रहेका कारण रविको पार्टी संसद्को चौथो ठूलो दल बन्ने पक्का छ । यससँगै समानुपातिकबाट आउने भोटले रविको पार्टीलाई माओवादीभन्दा ठूलो पार्टी बनाउने सम्भावना पनि छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ३ : ५५ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ र स्वस्थ वातावरणका सम्बन्धमा

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर