रविको राष्ट्रिय स्वतन्त्र चौथो ठूलो पार्टी बन्ने निश्चित « Khabarhub

प्रारम्भिक मतपरिणाम विश्लेषण

रविको राष्ट्रिय स्वतन्त्र चौथो ठूलो पार्टी बन्ने निश्चित


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा चौथो ठूलो पार्टी बन्ने सम्भावना बढेको छ । हालसम्म विभिन्न १२ क्षेत्रमा अग्रता लिइरहेको घण्टी चुनाव चिन्ह भएको स्वतन्त्र पार्टीले जितको सम्भावना पनि त्यत्तिकै बढेको छ ।

यसअघि प्रक्षेपणमा पनि रवि लामिछानेको पार्टीप्रति सर्वसाधारण र युवाको चाँसो बढेको थियो । चितवन २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नै अग्रता लिइरहेका छन् । उनले एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बढाइरहेका हुन् ।

रविको पार्टीले चितवनसँगै काठमाडौँ २, काठमाडौँ ६, काठमाडौँ ७ मा अग्रता लिइरहेको छ । यस्तै ललितपुर ३, सुनसरी २, चितवन १ मा पनि रविकै पार्टीको अग्रता छ । काठमाडौँ ८ मा भने रविको पार्टीबाट विराजभक्त श्रेष्ठले जित हासिल गरिसकेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी ३, झापा ४, रुपन्देही २ र कास्की २ मा पनि अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम हेर्दा रविको पार्टीभन्दा पछि राष्ट्रिय प्रजातन्त्र छ । उसले ७ ठाउँमा मात्रै अग्रता लिएको छ ।

माओवादीले १५ क्षेत्रमा अग्रता लिँदा एमालेले ३९ र कांग्रेसले ४५ ठाउँमा अग्रता लिएको छ । अहिले अग्रता लिएका ठाउँमा जित्ने सम्भावना रहेका कारण रविको पार्टी संसद्को चौथो ठूलो दल बन्ने पक्का छ । यससँगै समानुपातिकबाट आउने भोटले रविको पार्टीलाई माओवादीभन्दा ठूलो पार्टी बनाउने सम्भावना पनि छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ३ : ५५ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक