मोरङ ३ मा कांग्रेसका डा. शर्माले ३ हजार मत ल्याउँदा रेखा थापालाई ९ सय मात्रै « Khabarhub

मोरङ ३ मा कांग्रेसका डा. शर्माले ३ हजार मत ल्याउँदा रेखा थापालाई ९ सय मात्रै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ क्षेत्र नं ३ मा हाल पाँच ठाउँमा मतगणना हुँदैछ । प्रतिनिधिसभाको समानुपातिक एक ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा डा. सुनील शर्माको अग्रता कायमै छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धनतर्फका नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रेखा थापाले नौ सय छ मत प्राप्त गरेकी छिन् ।

जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार चार सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिकाको आठ, बेलबारी नगरपालिकाको आठ, सुन्दरहरैचा नगरपालिकाको छ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।

प्रतिनिधिसभामा ३१ जनाको उम्मेदवारी रहेको मोरङ–३ मा एमालेबाट ढकाल, सत्ता गठबन्धनबाट नेपाली काग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका थापाबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

त्यस्तै मोरङ–३ (१) मा मानबहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका लिम्बुले चार हजार आठ सय १० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका दिलीपकुमार राईले चार हजार तीन सय आठ मत पाएका छन् । त्यस्तै, राप्रपाका तीर्थबहादुर गुरुङले एक सय १० मत प्राप्त गरेका छन् ।

मोरङ–३ (२) मा सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ । सुवेदी बेलबारी नगरपालिकाका पूर्वनगरप्रमुख र राई पथरी शनिश्चरे नगरपालिका पूर्वनगरप्रमुख हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ०१ बजे

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध