बझाङमा मतगणना सुरु | Khabarhub Khabarhub

बझाङमा मतगणना सुरु


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा मतगणना सुरू भएको छ । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना मंगलबार अपराह्नदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ ठाउँमा मतगणना सुरु भएको छ । 

बझाङबाट प्रतिनिधिसभा सदस्य पदका लागि सात जनाको उम्मेदवारी रहेको छ । नेकपा (एमाले) बाट ऐनबहादुर महर र लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी प्रतिस्पर्धामा छन् । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबहादुर जाग्री र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

त्यस्तै प्रदेशसभा सदस्य १ तर्फ लोकतान्त्रिक-वाम गठबन्धनबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, एमालेबाट अफिलाल ओखेडा, राप्रपाका हरिलाल भट्टराई र राप्रपा नेपालका कर्णबहादुर खड्का बीच प्रतिस्पर्धा रहेको छ । 

प्रदेशसभा सदस्य २ बाट एमालेका लालबहादुर (एलबी) रावल, लोकतान्त्रिक-वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता भीमबहादुर भण्डारी, राप्रपाका वीरेन्द्रबहादुर मल्ल र राप्रपा नेपालका कृष्णबहादुर सिंहबीच प्रतिस्पर्धा रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ५ : ०४ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ