अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी « Khabarhub

अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ ।

ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा केही क्षेत्रमा राजनीतिक सहमतिपछि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । आयोगका अनुसार मतगणना हुन बाँकी रहेकामा बागमती प्रदेशको दोलखा क्षेत्र नं १, गण्डकी प्रदेशको स्याङ्जा क्षेत्र नं २, लुम्बिनी प्रदेशको गुल्मी क्षेत्र नं १ रहेका छन् । गुल्मीको एक मतदानस्थल (अर्वेनी) मा आजै पुनः मतदान भएको छ ।

कर्णाली प्रदेशको मुगुमा मतपेटिका सङ्कलन भइसकेको छ भने डोल्पामा ११ र हुम्लामा ३४ मतदान केन्द्रको मतपेटिका सङ्कलन हुन बाँकी रहेको छ । सुर्खेतको सिम्ता मतदानस्थलमा आज पुनः मतदान भएको छ । सुदूरपश्चिम प्रदेशको बाजुराको बुढीनन्दा नगरपालिकामा पुनः मतदान हुन बाँकी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ०६ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका