बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द | Khabarhub Khabarhub

बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी– अप्टिकल फाइबरमा समस्या आउँदा सुदूरपश्चिम प्रदेशका बैतडी र दार्चुलाको सञ्चार सेवा बन्द भएको छ । बैतडीको कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल फाइबरमा समस्या आउँदा आज दिउँसो ३ बजेदेखि सञ्चार सेवा अवरुद्ध भएको हो । 

अप्टिकल फाइबरमा समस्या आएकाले नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ सेवाग्राही मारमा परेका छन् । मोबाइल, फोन सेवा र इन्टरनेट नहुँदा स्थानीय नागरिक सञ्चारविहीन हुनुका साथै निर्वाचनको मतपरिणामको अपडेट दिन पनि समस्या भएको सञ्चारकर्मीले बताएका छन् । 

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार कटपतेदेखि सदरमुकाम गोठलापानी क्षेत्रमा रहेको अप्टिकल ‘ब्रेक’ हुँदा समस्या भएको र मर्मतका लागि प्राविधिक टोली खटिएको छ । उनले भने, ‘बैतडी र डडेल्धुराका प्राविधिकहरू खटिएका छन् । चाँडै सेवा सुचारु गर्न लागि परेका छौँ ।’

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ३८ बजे

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को

नख्खुबाट प्रचण्डसँग रविको गुनासो : भैरहवा कारागारमा गोलघरमा जस्तै राखे

काठमाडौँ–   सहकारी ठगी प्रकरणमा हाल ललितपुरको नख्खु कारागारमा रहेका