खोटाङमा लोकतान्त्रिक-वाम गठबन्धनको अग्रता कायमै « Khabarhub

खोटाङमा लोकतान्त्रिक-वाम गठबन्धनको अग्रता कायमै


६ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ ले मतान्तर फेरि बढाएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पासाङले चार हजार तीन सय १६ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले तीन हजार पाँच सय ८३ मतसहित पछ्याएका छन् । मन्त्री पासाङ एमालेका भट्टराईभन्दा सात सय ३३ मतले अगाडि छन् ।

मतगणनामा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले तीन सय ६४, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सर्जु श्रेष्ठले एक सय आठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले २२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका दीपक मगरले ७६, आमूल परिवर्तन मसिहाँ पार्टीले ३८ र स्वतन्त्रका जयन्द्रकुमार राईले ९७ मत प्राप्त गरेका छन् । कुल नौ हजार ४७ मत गणना हुँदा चार सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा (१) मा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई एक सय २८ मतले अगाडि छन् । वीरबलकाजीले तीन हजार आठ सय १५ तथा नेकपा एमालेका १ नं प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ ले तीन हजार छ सय ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिएका छन् ।

जनता समाजवादी पार्टीका राकेश राईले आठ सय ९५, नेकपा (एमाले) का पदमप्रसाद आचार्यले पाँच सय १४, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले १८, नेपाल मजदुर किसान पार्टीका केशव राईले १८, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले चार र अर्का स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेलले पाँच सय २६ मत प्राप्त गरेका छन् । नौ हजार नौ सय ७८ मत गणना हुँदा पाँच सय एक मत बदर भएको छ ।

प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालभन्दा चार सय ९५ मतले अगाडि छन् । महामन्त्री राईले चार हजार पाँच सय एक मत प्राप्त गर्दा दङ्गालले चार हजार छ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का प्रेमकुमार राईले एक सय १७, मङ्गोल नेश्नल अर्गनाइजेशन पार्टीका विमला राईले १५, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १६ र खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले एक सय १९ मत प्राप्त गरेका छन् । नौ हजार १९ मत गणना हुँदा २४५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा ६७ हजार तीन सय ७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशत मात्र मत खसेको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा १ मा १० र प्रदेशसभा २ मा छ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : १० बजे

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ