प्रतिनिधि सभाका २७४ सांसदको शपथ आज हुँदै | Khabarhub Khabarhub

प्रतिनिधि सभाका २७४ सांसदको शपथ आज हुँदै

मातृभाषामा शपथ लिने सांसदलाई बिहान ११ बजेसम्मको समय


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिएका छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन्। यसअघि उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

शपथ लगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ। शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ।

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ।

चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ६ : ३० बजे

हिमालयन बैंकको विराटनगर शाखा-२  स्थानान्तरण, अब रोडशेष चोकबाट सेवा दिने

काठमाडौं– हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक

एकसाथ दुईवटा डुंगामा सवार माधव नेपाल

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

प्रधानमन्त्री मोदीद्वारा गर्मीको स्थिति र मनसुनको सुरुआतको तयारीको समीक्षा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुलुकमा जारी गर्मीको अवस्था र

श्रीलङ्कामा वर्षा जारी, बाढी र डुबानको जोखिम उच्च

कोलम्बो– श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले राजधानी कोलम्बोको बाहिरी

बजेटमा एमालेको असन्तुष्टि : जनयुद्धलाई सम्झिइयो तर, मदन र सुखानीका सहिदलाई सम्झिएन

काठमाडौं– सत्ताको मुख्य साझेदार नेकपा (एमाले)ले सरकारले आगामी आर्थिक वर्षको