अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग « Khabarhub

अपाङ्गता संरक्षण नेपालद्वारा शङ्खरापुरलाई सहयोग


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अपाङ्गता संरक्षण नेपालले काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकालाई एक थान ल्यापटप सहयोग गरेको छ । बुधबार संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले नगरपालिकाका नगर प्रमुख रमेश नापितलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखालाई उक्त सहयोग जुटाइदिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए । अपाङ्गता क्षेत्रमा महिला बालबालिका शाखालाई काम गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए । सो अवसरमा महिला शाखामा कार्यरत निर्जला चुडाल अधिकारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । महिला बालबालिका शाखामा कार्यरत अधिकारी अपाङ्गता क्षेत्रमा समेत काम गर्दै आएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत सूर्यकुमारी न्यौपानेले अपाङ्गता भएका व्यक्ति नै आफ्नो हकहितका लागि सक्रिय हुनुपर्ने र प्रत्येक वडामा अपाङ्गतासम्बन्धी काम गर्ने समिति सक्रिय हुनुपर्नेमा जोड दिए । गत वर्षदेखि नै कार्यविधि बनाएर ‘असहायसँग उपमेयर’ कार्यक्रममार्फत १३ अपाङ्गता भएका व्यक्तिलाई रु पाँच लाख ७० हजार बराबरको सहयोग गरेको न्यौपानेले बताए। एउटा तथ्याङ्कअनुसार नगरपालिकाभित्र दुई सय ५४ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी सुभद्रा पुडासैनी, राजकुमार खतिवडा, सुबोध थापा र संस्थाकी कोषाध्यक्ष दुर्गा तामाङ विष्ट, सदस्य कविता बस्नेत, केशव बुढाथोकी, शर्मिला क्षेत्री, बीना खतिवडालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : २६ बजे

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले