अति दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै फेरि सत्तामा फर्किए नेतान्याहु « Khabarhub

अति दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै फेरि सत्तामा फर्किए नेतान्याहु


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलका नेता बेन्जामिन नेतान्याहुले देशको इतिहासमा नै अति दक्षिणपन्थी गठबन्धनको प्रमुखको रूपमा सत्तामा फर्केर नयाँ इजरायली सरकार गठन गरेको घोषणा गरेका छन्।

नोभेम्बर १ को चुनावमा विजयी भएपछि नेतान्याहुले अति–अर्थोडक्स यहूदी पार्टीहरू र चरम–दक्षिण गुटको समर्थनमा सरकार गठन गर्ने जनादेश प्राप्त गरेका थिए। इजरायलमा चार वर्षमा हालै पाँचौ पटक निर्वाचन भएको थियो।

अदालतमा भ्रष्टाचारको आरोप विरुद्ध लडिरहेका नेतान्याहुले इजरायली इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन्। उनी सन् १९९६ देखि सन् १९९८ र सन् २००८ देखि सन् २०२१ सम्म प्रधानमन्त्री बनेका थिए।

समयसीमा भन्दा केही मिनेटअघि उनले सरकार स्थापना गर्न सक्षम रहेको राष्ट्रपति आइज्याक हर्जोगलाई फोन मार्फत जानकारी गराएका थिए।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ९ : ५२ बजे

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको