विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ज ८४४० नंको विङ्गर र ज ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाको सहिदनगर नगरपालिका–५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीया ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

मृतक दुवैको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ थियो ।  

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  १ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’