कागती खेतीबाट मनग्य आम्दानी | Khabarhub Khabarhub

कागती खेतीबाट मनग्य आम्दानी


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गलकोट– पन्ध्र वर्ष कतारमा सवारी चालकका  रूपमा काम गर्दै आएका निसीखोला गाउँपालिका–४ झिम्पाका ३७ वर्षीय रेमबहादुर क्षेत्रीलाई कतारको लोभलाग्दो जागिरलाई छुटाएर गाउँ फर्कायो । पछिल्लो समय बागलुङमा व्यावसायिक कागती खेती गर्ने क्रम बढिरहेको छ । बागलुङ र गलकोट नगरपालिका र निसीखोला गाउँपालिकामा कागतीको खेती थालिएको छ ।

जिल्लाको निसीखोला गाउँपालिकाका क्षेत्रीसहितका केही किसानले भने कागती खेतीको व्यावसायिक बिक्री-वितरण थालिसकेका छन् । अगुवा कागती किसान रिमबहादुर क्षेत्री, निमलाल पौडेल र धरमराज पोख्रेलले उत्पादन गरेको कागतीले राम्रो बजार पाउन सफल भएको छ ।

नौ वर्षअघि १० बोटबाट कागती खेती थालेको रेमबहादुर क्षेत्रीको फार्ममा अहिले चार सय कागतीका बोट छन् । अहिले चार सय बोटमध्ये एक सय ५० बोटले कागती उत्पादन दिइराखेको छ । उनले गत वर्षमात्रै कागती बिक्रीबाट दुई लाख आम्दानी गरेको र यस वर्ष आम्दानी बढेर तीन लाख ५० हजार पुग्ने बताउँदै कागतीको माग राम्रो भएको बताए ।

‘कागतीको राम्रो सम्भावना देखेरै कागतीका बिरुवा रोपेको थिए, नियमित हेरचाह गर्न नपर्ने खेती भएकाले बिरुवा थप्दै विदेश जाँदै गरे, जब उत्पादन थाल्यो त्यसपछि विदेशलाई बिट मारेर यही व्यवसायमा लागे’, उनले भने, ‘अहिले यहाँको कागती बुर्तिवाङ बजार, बुटवल, पोखरा र काठमाडौँ पुग्छ, यो वर्ष १६ क्विन्टल बिक्री गरिसके बगैँचामा अझै १० क्विन्टल बिक्री गर्न बाँकी छ, होलसेलमा प्रतिकेजी एक सयमा बिक्री गरिरहेको छु, यो वर्षमात्रै तीन लाख आम्दानी हुनेछ ।’

किसान क्षेत्रीले बजारको माग राम्रो भएकाले थप २० रोपनी जग्गामा कागती र टिमुर खेती गर्ने योजनामा रहेको बताउँदै कागतीको बजार राम्रो भएकाले निसिखोलाका कृषक कागती खेतीप्रति जागरुक भएको बताए ।

सैतीस वर्षीय क्षेत्रीले निसीखोला गाउँपालिका–४ छिम्पामा जीवन पोल्टी फार्म तथा विविध कृषि केन्द्र स्थापना गरी विसं २०७४ देखि फार्म दर्ता गरेर आफ्नै १५ रोपनी जग्गामा कागती खेती गर्दै आएका छन् । क्षेत्रीले विदेश गएर कमाएको रकमले फार्म व्यवस्थापन गरेको श्रीमती लीला पौडेलले फार्ममा सहयोग गर्दै आएको बताए ।

उनको फार्ममा कागती खेतीसँगै १० घार मौरी र २०-२० बोटबाट हलुवावेद र अमिलोसमेत उत्पादन भइरहेको छ । अहिले कागतीको माग धान्नै धौ धौ भएको क्षेत्रीको भनाइ छ । कागतीको दानासँगै चुक र अचारसमेत बिक्री गर्न सकिने उनको भनाइ छ । क्षेत्रीले वार्षिक ४० लाख आम्दानी गर्ने योजनाका साथ कागती खेती विस्तारमा लागेको बताए । यस्तै निसीखोला गाउँपालिका-४ बडाचौरका निमलाल पौडेलले यस वर्ष ३० क्विन्टल कागती बिक्री गरिसके ।  

छब्बीस रोपनी जग्गामा उहाँका नयाँ तथा पुराना बिरुवा गरी चार सय ५० बोट छन् । अहिले उनको कागती बगानमा झण्डै ३० क्विन्टल कागती अझै बिक्री गर्न बाँकी छ । पौडेलले विसं २०५५ मा एक सय बोटबाट सुरु गरेको कागती खेतीलाई क्रमशः व्यावसायिक बनाउँदै आएका छन् । उनले उत्पादन भइरहेको कागतीलाई बुटवल, काठमाडौँ र पोखरालगायतका क्षेत्रमा बिक्री हुने गरेको बताए।

‘सुन्तला तत्कालै बिक्री नगरे बिग्रन्छ, तर कागतीको दाना एक महिना केही हुँदैन, बिक्री नभए चुक बनाएर वर्षौँ टिकाउन सकिन्छ भनेर कागती खेती थालेको थिए, अहिले त बिक्री राम्रो छ, चुक बनाउनै पर्दैन’, पौडेलले भने, ‘अहिलेको बजार हेर्दा कागती खेतीलाई अझै विस्तार गर्न आवश्यक छ, निसीखोलामा कागतीको राम्रो खेती भएको पाएका छौँ, यहाँका धेरै कागती खेती गर्ने किसानहरू मिलेर  एकमुष्ट बजारीकरण गर्दै आएका छौँ’, पौडेलले कागतीलाई प्रतिकेजी एक सय ५० देखि एक सयसम्म बिक्री गर्ने बताए ।

केही फलफूल व्यापारी गाडी लिएर कागती लिन आउँछन्, कहिले आफैँ लगेर बिक्री गर्ने गरिने पौडेलको भनाइ छ ।  उनले सृष्टि कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक कागती खेती गर्दै आएका छन् । 

यस्तै निसीखोला गाउँपालिका-५ का धर्मराज पोख्रेलले समेत व्यावसायिकरूपमा कागती खेती उत्पादन गर्दै आएका छन् । पोख्रेलको कागती बगानमा अहिले चार सय बोट हुर्किरहेका छन् । कागतीका लागि उपयुक्त भूगोल भएकाले निसीखोलाका किसान त्यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । उनले त्यस क्षेत्रमा कागती नर्सरी निर्माणका लागि ज्ञान केन्द्रले अनुदान दिने बताए ।

–खेमराज गौतम रासस

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  २ : ५१ बजे

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल

धार्मिक आस्थाको केन्द्र ‘हडियाबाबा आश्रम’

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक

उपराष्ट्रपति यादव कोरियाको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार