५ महिनामा चितवनमा मात्रै १ सय ६२ सडक दुर्घटना, ४० जनाको मृत्यु | Khabarhub Khabarhub

५ महिनामा चितवनमा मात्रै १ सय ६२ सडक दुर्घटना, ४० जनाको मृत्यु


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् ।

ती दुर्घटनामा ९२ जना गम्भीर घाइते र २१५ सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा दुई सय ४२ वटा सवारीसाधन संलग्न रहेका छन् । दुर्घटनामा पर्ने सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन् ।

मोटरसाइकल एक सय ३३, जिप, कार ३४, ट्रक ट्याङ्कर ३१, बस १५, माइक्रो छवटा, ट्र्याक्टर पाँच, ट्याम्पो आठ, टिपर चार, शारीरिक शक्तिबाट चल्ने १२ वटा र अन्य चारवटा रहेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले जानकारी दिए । मुख्य राजमार्गमा भन्दा भित्री सडकमा सवारीको गति तीव्र हुने भएकाले सो क्षेत्रमा बढी दुर्घटना हुने गरेको उनले बताए ।

उनले भने, “हामीले सवारी यान्त्रिकीकरण परीक्षण, सचेतना कार्यक्रमलाई तीव्ररूपमा अगाडि बढाएका छौँ ।” सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम र नियमित जाँचलाई तीब्र बनाइएको उनले बताए । भित्री सडकमा चालकको लापरवाही, मादक पदार्थ सेवन, साँघुरा, कच्ची सडक र ट्राफिक प्रहरीको पहुँच कम हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ४ : १२ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी