भावी राष्ट्रपतिमा माधव नेपालकाे नामले पायो प्रवेश  « Khabarhub

भावी राष्ट्रपतिमा माधव नेपालकाे नामले पायो प्रवेश 


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् । 

अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको छ,’ शर्माले खुलासा गरे । उनले सो छलफलमा कांग्रेस सांसद रामचन्द्र पौडेलको पनि नाममा छलफल भएको जनाएका छन् ।

उता, सपथ समारोहमा सहभागीतापछि स्वयं नेपालले पनि भावी राष्ट्रपतिको रुपमा आफ्नो नाममाथि छलफल भइरहेको संकेत गरेका छन् । उनले ०६४ र ०७० मा पनि राष्ट्रपतिका लागि आफ्नो नाममा छलफल भएको जनाउँदै ‘उमेर पुगेको’ टिप्पणी गरेका छन । तर, सञ्चारकर्मीले भावी राष्ट्रपतिमा तपाइको नाम चर्चामा आएको छ भन्ने प्रश्न गर्दा भने, ‘त्यस्तो अप्ठयारो प्रश्न नगर्नुहोस् न’ भनेर छलफल भईरहेको बिषयलाई पुष्टि गरेका छन् । 

यद्यपि, उनले आफू अझै सक्रिय राजनीतिमा सहभागी हुने भन्न चाही छुटाएनन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ४ : ३८ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,