विदेशी भूमिमा अवैध चिनियाँ प्रहरी चौकी, सुरक्षा निकायहरु चिन्तित « Khabarhub

विदेशी भूमिमा अवैध चिनियाँ प्रहरी चौकी, सुरक्षा निकायहरु चिन्तित


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले अरु देशहरुमा अवैध तरिकाले प्रहरी चौकी स्थापना गरिरहेको पाइएको छ । अन्य मुलुकका नागरिकलाई निशाना बनाउन एवम् विदेशमा रहेका चिनियाँ नागरिकलाई नियन्त्रण र निगरानी गर्नका लागि चीनले विदेशी भूमिमा अवैध प्रहरी चौकी स्थापना गरेको हो ।

चीनले दर्जनौँ देशहरुमा समानान्तर प्रहरी संयन्त्र बनाइरहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भागेर विदेश पुगेका संदिग्धलाई पक्राउ गर्न र प्रहरी गतिविधमा सहकार्य गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठनको स्थापना गरिएको छ । यसबाहेक द्विपक्षीय सुपुर्दगी सन्धीमार्फत् पनि विदेश भागेका संदिग्ध अपराधीलाई पक्राउ गरिन्छ ।

यद्यपि चीनले भने विदेशमा रहेका आफ्ना नागरिक पक्राउ गर्न अवैध तरिका अपनाउने गरेको छ । स्पेनमा आधारित रहेको ‘सेफगार्ड डिफेन्डर्स’ नामक संस्थाले हालै सार्वजनिक गरेको २१ पृष्ठ लामो प्रतिवेदनमा चीनले विदेशी भूमिमा प्रहरी चौकी स्थापना गरेको उल्लेख छ ।

विदेशी भूमिमा प्रहरी चौकी स्थापना गर्ने अभियान सन् २०१८ मा सुरु भएको जनाइएको छ । ‘सेवा केन्द्र’ नाम दिइएका यस्ता प्रहरी चौकीहरुले सुरुसुरुमा विदेशी भूमिमा ठगी एवम् दूरसञ्चार ठगीमा संलग्न चिनियाँ नागरिकविरुद्धको कारवाहीको कार्य गर्ने गरेको चिनियाँ दाबी छ ।

अहिले भने चीनको सत्तारुढ कम्युनिष्ट पार्टीका विरोधी र आलोचकहरुलाई तह लागाउनका लागि र उनीहरुको निगरानी गर्न यस्ता चौकीहरुको प्रायोग हुने गरेको एएनआईले जनाएको छ ।

उक्त प्रतिवेदनमा सन् २०२१ को अप्रिल महिनाबाट सन् २०२२ को जुलाई महिनासम्म यीता २ लाख ३० हजारभन्दा धेरै विदेशमा रहने चिनियाँलाई स्वदेशमा कारवाही खेप्नका लागि ‘राजी गराइएको’ उल्लेख छ ।

एएनआईसँग कुरा गर्दै विश्व उइगुर कंग्रेसकी राहिमेले भने समाचारमा घटना सार्वजनिक हुनुअघि नै विदेशी भूमिमा विरोधी एवम् आलोचकलाई स्वदेश फर्कन चिनियाँहरुले करकापमा पार्ने गरेको विषयमा आफूहरु जानकार रहेको बताएकी छिन् । यद्यपि सुरुमा प्रहरीको रुपमा नभई व्यापारी वा कूटनीतिज्ञको भेषमा चिनियाँहरु आउने गरेको उनको भनाइ छ ।

प्रतिवेदनमा विदेशमा बसोबास गर्ने चिनियाँहरुको संगठनहरु पनि कम्युनिष्ट पार्टीसँग आबद्ध हुने गरेको उल्लेख छ । चीनले विदेशी भूमिमा प्रहरी चौकीको स्थापना गरेको विवरणबाट युरोप, अमेरिका र क्यानाडाका सरकार एवम् सुरक्षा निकायहरु आश्चर्यमा परेको बताइएको छ ।

न्यूयोर्कजस्ता सहरमा स्थापित अवैध चिनियाँ प्रहरी चौकीका कारण अमेरिका चिन्तित रहेको अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले जनाएका छन् । यसबारे अमेरिका र क्यानाडासहित युरोपेली मुलुक नेदरल्याण्ड्सले पनि छानबिन अघि बढाएको जनाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ५ : २० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक