काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग गरी सञ्चालन भइरहेका टिकटक अकाउन्टहरू नक्कली भएको स्पष्ट पारेका छन् ।
उनले बुधबार राति आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत हालसम्म आफ्नो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट नरहेको जानकारी दिएका हुन् ।
हमालले आफ्नो फोनमा समेत टिकटक एप नरहेको उल्लेख गर्दै आफ्नो नाममा सञ्चालन भइरहेका अकाउन्टबाट भ्रममा नपर्न आग्रह गरेका छन् ।
‘आजको दिनसम्म मेरो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट छैन । मेरो फोनमा टिकटक एप पनि छैन । यो तलको अकाउन्टलगायत अरू जति पनि छन्, सबै नक्कली ९फेक० अकाउन्ट हुन् । कृपया भ्रममा नपर्नुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।
यस क्रममा हमालले आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएका केही नक्कली टिकटक अकाउन्टका स्क्रिनसटसमेत सार्वजनिक गरेका छन् ।
उनले आफ्नो नाममा खोलिएका ती अकाउन्टलाई आधिकारिक नसम्झिन र तिनबाट सम्प्रेषित सामग्रीका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।














प्रतिक्रिया