काठमाडौं– नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो ।
‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरि रक्तदान कार्यक्रमको आयोजना गरेर विद्यार्थी साथीहरूलाई स्वागत गरेका हौं,’ नेता उपाध्यायले भने । उनले थोरै भए पनि बिरामीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रमका नेविसंघ क्याम्पस इकाई अध्यक्ष विवेक तामाङ प्रमुख अतिथि रहेका थिए । यस्तै शंकरदेव क्याम्पसका नेताहरू भुवन ओझा, कृष क्षेत्री, रविन कार्की, पवन ऐर, निरज बेलवासे, गजेन्द्र बम, केशव जोशी, भुवन भाट, प्रमोद पण्डितलगायतले आफ्नो धारणा राखेका थिए ।
नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दवाव दिनुका साथै यस्तै रचनात्मक काम गर्दैजाने जनाएको छ ।
प्रतिक्रिया