पर्यटन व्यवसाय पुनरुत्थान हुँदै छ : सुरेश अधिकारी « Khabarhub

पर्यटन व्यवसाय पुनरुत्थान हुँदै छ : सुरेश अधिकारी


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय पुनरुत्थान हुन थालेको बताएका छन् । आज यहाँ आयोजित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको समापन कार्यक्रममा उनले पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा आशा गर्ने ठाँउ भएको बताएका हुन् ।

उनले भने ‘पछिल्लो तीन वर्षदेखि प्रभावित पर्यटन व्यवसायको अहिले पुनरुत्थान हुँदैछ । सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्मको तथ्यांक हेर्दा आशा गर्ने ठाँउ छ । कोरोना महामारीले असर पारेको पर्यटन व्यवसाय उठ्दै गएको छ’, उनले भने, ‘अहिलेको अवस्था हेर्दा अब हामी सन् २०२३ मा सन् २०१९ मा जस्तै १२ लाख  पर्यटक भित्र्याउन सक्छौँ ।’ 

सन् २०२२ को एघार महिनामा पाँच लाख ४९ हजार विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । सचिव अधिकारीले पर्यटन प्रर्वद्धनका लागि रणनीतिक योजना महत्त्वपूर्ण भएको भन्दै उनले कार्ययोजना बनिरहेको जानकारी समेत दिए ।

‘पर्यटन प्रवर्द्धनका लागि सरकारले २०२३ देखि २०३३ सम्मका लागि नेपाल भ्रमण दशकको घोषणा गर्दै छ । त्यसको कार्ययोजना तर्जुमा भइरहेको छ’, उनले भने । नेपाल पर्यटन बोर्डअन्र्तगत यूएनडीपीको सहयोगमा सञ्चालित ‘जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन’ परियोजनासँगको सहकार्यमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्सले देशका सात वटै प्रदेशमा तालिम सञ्चालन गरेको थियो । तालिमले पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पूरा गरी पर्यटन व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग गरेको सचिव अधिकारीको भनाइ छ । 

तालिम कार्यक्रममा सहभागी पर्यटन व्यवसायमा आबद्ध चार सय ३० प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सो अवसरमा नाट्टा र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा प्रकाशन गरेको तालिम निर्देशिकासमेत विमोचन गरिएको थियो । 

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ७ : १० बजे

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि

प्रधानन्यायाधीश सिफारिसमा पोखरेलको टिप्पणी– ‘सरकार न्यायालयलाई नियन्त्रणमा राख्न खोज्दैछ’

काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संवैधानिक परिषद्को पछिल्लो निर्णय

यातायात व्यवसायी महासंघको महाधिवेशनका लागि मन्त्री लम्सालको शुभकामना

काठमाडौं– भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक