भारतीय वायुसेनाले लडाकु विमानमा नयाँ क्षेप्यास्त्र जडान गर्ने | Khabarhub Khabarhub

भारतीय वायुसेनाले लडाकु विमानमा नयाँ क्षेप्यास्त्र जडान गर्ने


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय वायुसेनाले सुखोई सु ३० लडाकु विमानमा नयाँ क्षेप्यास्त्र जडान गर्ने भएको छ । वायुसेनाले उक्त लडाकु विमानमा आकाशबाट जमिनमा २५० किलोमिटर टाढासम्म मार हान्न सक्ने नयाँ क्षेप्यास्त्र जडान गर्ने भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतीय वायुसेनाले आपतकालिन प्रबन्धअन्तर्गत ती क्षेप्यास्त्र प्राप्त गरेको हो । ती क्षेप्यास्त्र आगामी २० वर्षसम्म प्रयोगमा आउने एएनआईले जनाएको छ ।

सन् २०१९ मा पाकिस्तानको बालाकोटमा भारतीय सेनाले सञ्चालन गरेको कारवाहीजस्तै यस क्षेप्यास्त्रबाट दुश्मनको सैनिक शिविर र आतंककारी संरचनामा हमला गर्न सहयोग पुग्ने जनाइएको छ ।

यसबाहेक भारतीय वायुसेनाले सुखोई सु ३० को स्तरोन्नतीको पनि तयारी गरिरहेको एएनआईले उल्लेख गरेको छ । हाल भारतीय वायुसेनामा २६० सुखोई सु ३० सेवारत छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ८ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’