छाडा चौपाया व्यवस्थापन गर्न सुरु « Khabarhub

छाडा चौपाया व्यवस्थापन गर्न सुरु


७ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको छ । छाडा छाडिएको गाईगोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्य अभिवृद्धिमा पनि असर पारेकाले नगरपालिकाको कार्यालयले राष्ट्रिय गौ संरक्षण तथा अनुसन्धान केन्द्रको सहकार्यमा छाडा चौपाया (गाईगोरु) व्यवस्पाथन गर्न सुरु गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

“छाडा छाडिएको गाईगोरुको व्यवस्थापन गर्न सुरु गरेका छौँ”, उनले भने , “सुन्दर नगर बनाउन नगरवासीले पालेका गाईगोरु पनि अबदेखि छाडा नछाड्नेमा हामी विश्वस्त छौँ ।” अन्य पालिका, खुला सीमाका कारण भारतबाट र नगरवासीले पनि पालेका गाईगोरु छाडा छाड्ने गर्दा नगरपालिकामा छाडा चौपायाको समस्या देखिएको नगरपालिकाको कार्यालयले जनाएको छ । छाडा चौपायाले नगर सौन्दर्य अभिवृद्धिका लागि लगाइएका फूल बिरुवा, धानखेतलगायतमा नोक्सानी भएको छ ।

भारतबाट छाडा गाईगोरुको प्रवेश नियन्त्रणका लागि सशस्त्र प्रहरी र छिमेकी पालिकाबाट प्रवेश नियन्त्रणका लागि नेपाल प्रहरीले सहयोग गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । व्यवस्थापनका लागि नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा नगर क्षेत्रबाट छाडा चौपायालाई एकत्रित गरी राख्न सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

नगरपालिकाको कार्यालयले एकत्रित गरेको छाडा चौपायालाई अनुसन्धान केन्द्रले बर्दघाटस्थित गौशालामा लगेर पालनपोषण गर्ने जनाएको छ । वडा नं ११ स्थित नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा काञ्जी हाउस निर्माणको प्रक्रिया पनि अघि बढाइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताए । उक्त हाउसलाई छाडा चौपायाको व्यवस्थापनका लागि होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहीबार  ११ : ०३ बजे

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक