विश्वभर एक सातामा २ करोड बढी कोरोना सङ्क्रमित थपिए « Khabarhub

विश्वभर एक सातामा २ करोड बढी कोरोना सङ्क्रमित थपिए


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर एक हप्तामा मात्रै २ करोडभन्दा धेरै कोरोनो सङ्क्रमित थपिएका छन्। गत ७ दिनमा विश्वभर २ करोड २३ लाख ९१ हजार ८ सय १९ नयाँ सङ्क्रमित थपिएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।

जसमध्ये यूरोपमा मात्रै ९० लाख ४९ हजार ४५७ जनामा सङ्क्रमण पुष्टि भएको छ। यस्तै उत्तर अमेरिकामा ५७ लाख ४९ हजार १९९, एसियामा ४२ लाख ७५ हजार ९७१, दक्षिण अमेरिकामा २४ लाख १ हजार ८०९, महासागरमा ५ लाख ५ हजार ७७७ तथा अफ्रिकामा २ लाख ७६ हजार ६०६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अघिल्लो हप्ताको तुलनामा विश्वभर १० प्रतिशतले सङ्क्रमित थपिएका छन्। अघिल्लो हप्ता विश्वभर २ करोड ४ लाख ४० हजार ५५ जना सङ्क्रमित थपिएका थिए।

यस्तै यो हप्ता विश्वभर कोरोनाले मृत्यु हुनेको सङ्ख्या पनि १० प्रतिशतले नै बढेको छ। यो हप्ता ५४ हजार २२ जनाको मृत्यु भएको छ।

अघिल्लो हप्ता ४९ हजार ३५५ जना सङ्क्रमितले ज्यान गुमाएका थिए। यस्तै यो हप्ता १ करोड ११ लाख ५ हजार १ सय ९ जना निको भएका छन्।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड ९७ लाख नाघेको छ। जसमध्ये २७ करोड ८० हजार निको भएका छन् भने ५६ लाख ९ हजारको मृत्यु भएको छ।

अझै पनि ६ करोड ६० लाख सक्रिय सङ्क्रमित रहेकामा ९६ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ३९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी