कोरोना बढेसँगै जिओपिडि र नियमित शल्यक्रिया सेवा बन्द « Khabarhub

कोरोना बढेसँगै जिओपिडि र नियमित शल्यक्रिया सेवा बन्द


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत् चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ ।

कोरोना बढ्न थालेसँगै भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको छ । शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भइसकेका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिडका बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो । अस्पतालले बहिरङ्ग सेवामा चाप घटाउन बिहान ८ः३० बजेबाट जिओपिडि सञ्चालन गरेको थियो ।

छिटो अस्पताल आउने बिरामीका लागि लामोसमय कुर्नुपर्ने बाध्यतासमेत हटेको थियो । यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमणको लक्षण देखिएको छ । दैनिक यो संख्या बढ्दो क्रममा छ । अन्य विभागमा पनि जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उनले बताए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार नौ चिकित्सक, ६६ स्टाफ नर्ससहित १३६ स्वास्थ्यकर्मी, कर्मचारी संक्रमित भएका छन् ।

अस्पतालमा धेरै चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झैं सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले स्वास्थ्य संस्थामा कार्यरत् चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुनसक्ने बताए ।

उनले भने, “संक्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोपमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।” भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी यही ढंगले संक्रमित बढ्दै गयो भने सामान्य अवस्थाका संक्रमित चिकित्सक स्वास्थ्यकर्मीले संक्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउँछन् । उनले भने, “सबै संक्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पर्यौ नि ।”

चितवन मेडिकल कलेजमा अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी आधा संक्रमित भइसकेको बताए । उनले भने, “सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन्, परीक्षण गर्यौ भने उनीहरुलाई पनि संक्रमण देखिनसक्छ ।”

यस्तै अवस्था रहेमा संक्रमितले संक्रमितको उपचार गर्नुको विकल्प नहुने उनको भनाइ छ । छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउँछन् । जिल्लामा संक्रमितको संख्या दुई हजार ७३६ जना पुगेको छ ।

त्यसमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १ : ०४ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा