एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गर्‍यो छानविन समिति « Khabarhub

एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले गठन गर्‍यो छानविन समिति


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ । उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए ।

छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् । विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानविन गरिरहेको अधिकारीले जानकारी दिए ।

पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ । पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानविनका लागि माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  २ : ५१ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण