सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल « Khabarhub

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरश पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहमा बोल्दै उनले राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउन सदैव लगनशील रहने प्रतिबद्धता जनाए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरीले सुरक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि सो अवसरमा अवगत गराए । सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न, शान्ति सुरक्षा एवं अमनचयन कायम गरी सुशासन कायम राख्न सबै सुरक्षा निकाय र सरोकारवाला निकायसँगको समन्वयमा सशस्त्र प्रहरी सधैँ तल्लीन रहेको बताए ।

उनले सीमा सुरक्षा राजस्व संकलनमा सहयोग, विपद् उद्धार तथा व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण संरचना तथा रेल्वे सुरक्षामा सशस्त्र प्रहरीले अहम् भूमिका खेल्दै आएको उल्लेख गरे ।

लैंगिकमैत्री वातावरण, भ्रष्टाचारमा शून्य सहलशीलता, मानवअधिकारको सम्मान संरक्षण गर्दै सरकारका नीतिलाई प्रभावकारी कार्यान्वयन गराउन सशस्त्र प्रहरी कटिबद्ध रहेको पनि उनले बताए ।

भविष्यमा आइपर्न सक्ने चुनौतीलाई निरन्तर विश्लेषणमार्फत् स्रोतसाधनको अधिकतम् परिचालन गरी पेशागत भूमिका निर्वाह गरिरहेको उनले जानकारी गराए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : २७ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको