फ्यानको प्रश्न–मनीषालाई के भयो « Khabarhub

फ्यानको प्रश्न–मनीषालाई के भयो


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइराला एक समय बलिउडकी सुपरहिट अभिनेत्री थिइन् । मनीषा ९० को दशकमा सबैभन्दा सफल अभिनेत्री थिइन् । यद्यपि मनीषा केही समययतादेखि बलिउडबाट टाढिएकी छन् । बलिउडबाट टाढिए पनि सामाजिक सञ्जालमा उनको उपस्थिति सक्रिय छ ।

मनीषा आफ्नो फोटो र भिडियोमार्फत सामाजिक सञ्जालमा फ्यानसँग जोइिरहन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार हालैमात्र मनीषाले आफ्नो एक तस्वीर इन्स्टाग्राममा राखिन् । जुन तस्वीर झट्ट हेर्दा मनीषा नै हो भन्ने ठम्याउन गाह्रो पर्छ । कुनै समय सुन्दरताका कारण करोडौं दर्शकको मन जितेकी मनीषाको यो तस्वीर देखेपछि उनका फ्यानहरु दुःखी बनेका छन् । उनीहरु ‘मनीषालाई के भएको हो ?’ भनी प्रश्न सोधिरहेका छन् ।

तस्वीरमा मनीषा निकै कमजोर देखिएकी छन् । मनीषाले काठमाडौंको घरमा रहेको आफ्नो तस्वीर इन्स्टाग्राममा राखेकी हुन् । तस्वीरमा उनको घर निकै सुन्दर देखिएको छ ।

उनको तस्वीरमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । एक प्रयोगकर्ताले ‘फूलजस्तो अनुहारलाई के भयो ?’ भनी सोधेका छन् । अर्काले ‘आफ्नो ध्यान राख्नुहोस् मेम’ भनी लेखेका छन् ।

मनीषाले बलिउडमा ‘सौदागर’, ‘दिल से’, ‘बम्बे’, ‘मन’, ‘एक छोटी सी लव स्टोरी’, ‘संजू’, ‘गुप्त’, ‘१९४२ः ए लव स्टोरी’, ‘अकेले हम अकेले तुम’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ४३ बजे

कांग्रेसले देशलाई एकताबद्ध बनाएको छ : उपसभापति शर्मा

पाटन– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई

मापदण्डविपरीत रुपन्देहीमा अस्पताल सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर–  निजी क्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरू मापदण्ड विपरीत सञ्चालनमा

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण छ : अध्यक्ष घिसिङ

जलेश्वर– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीका लागि

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक

निर्वाचन आयोगद्वारा १८१ वटा कन्टेन्ट उत्पादकलाई कारबाही गर्न सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य