आज २०७८ साल फागुन ११ गते बुधबारको राशिफल « Khabarhub

आज २०७८ साल फागुन ११ गते बुधबारको राशिफल


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन ११ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश :

फागुन ११ गते बुधबार
मेष : आजको दिन सामान्य राम्रो छ। आर्थिकभन्दा बौद्धिक क्षेत्रमा सबल देखिएको छ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ख्याल गर्नुहोला।

वृष : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा, श्रम, रोजगार लगायतका क्षेत्र यथास्थितीमा छन्। बोलीले सम्बन्ध बिगार्ने भएकाले सोचेर मात्र बोल्नुहोला। शिक्षामा गरेको लगानीबाट धेरै फाइदा हुने योग रहेको छ।

मिथुन : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। मनमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। पुराना सम्बन्धबाट पनि सहयोग मिल्नेछ।

कर्कट : दिन सामान्य छ। उत्तरतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा नै हुनेछ। तर ठूला र नयाँ काममा हात नहाल्नुहोला। पारिवारिक समस्या आउनेछ। धार्मिक काम गर्नुहोला।

सिंह : दिन निकै राम्रो छ। पुराना मित्रसँगको भेटले मन खुसी हुनेछ। सामाजिक, आर्थिक, राजनीति क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा निकै राम्रो छ। अध्ययन, अध्यापनमा मन जानेछ। स्वास्थ्य अवस्था सामान्य रहनेछ।

कन्या : दिन समान्य राम्रो छ। सबै क्षेत्रमा आशिंक फल मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट भने राम्रो नतिजा मिल्नेछ। नाम, दाम, इनाम पाउने योग रहेको छ। राजनीतिमा भने सचेत हुनुपर्नेछ।

तुला : पठनपाठनमा रुची बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा समस्या बढ्नेछ। स्वास्थ्यमा गढबढी हुने देखिएको छ।

वृश्चिक : बोल्दा विचार गर्नुहोला। आफ्नै कारणले समस्यामा पर्ने देखिन्छ। प्रतिस्पर्धी पराजित हुनेछन्। हरेक काम गर्दा गणेश भगवानलाई सम्झनुहोला।

धनु :साथीभाइको सहयोग मिल्नेछ। स्वास्थ्यमा समस्या आउने भएकाले सचेत हुनुपर्नेछ। रोजगारको क्षेत्रमा समय राम्रो छैन। वादविवाद हुने योग परेको छ।

मकर : दिन खासै राम्रो छैन। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि स्वास्थ्य र शिक्षाको पाटो निकै सबल रहेको छ। अध्ययन अध्ययापनमा रुची बढ्नेछ।

कुम्भ : यात्रामा कठिनाइ हुनेछ। चिन्ता बढ्नेछ। फाइदा हुने भन्दा पनि परोपकारमा मन खुसी हुनेछ।

मिन : वैदेशिक क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। कमाइको थोरै भाग दान गरेमा ठूलो फाइदा हुनेछ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : २७ बजे

कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना

काठमाडौं- कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको

मध्य इरानमा सेनाको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

तेहरान- इरानी सेनाको वायु सेनाको हेलिकप्टर मङ्गलबार मध्य प्रान्त इस्फहानको

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मकवानपुर– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका

मतदाता फकाउन प्रकाशशरणले ल्याए सुरुङ मार्गदेखि केबलकार निर्माणसम्मको योजना

नुवाकोट- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. प्रकाश शरण महतले

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले