आज २०७८ साल फागुन ११ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल फागुन ११ गते बुधबारको राशिफल


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ फागुन ११ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश :

फागुन ११ गते बुधबार
मेष : आजको दिन सामान्य राम्रो छ। आर्थिकभन्दा बौद्धिक क्षेत्रमा सबल देखिएको छ। स्वास्थ्यमा समस्या आउने भएकाले खानपानमा ख्याल गर्नुहोला।

वृष : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा, श्रम, रोजगार लगायतका क्षेत्र यथास्थितीमा छन्। बोलीले सम्बन्ध बिगार्ने भएकाले सोचेर मात्र बोल्नुहोला। शिक्षामा गरेको लगानीबाट धेरै फाइदा हुने योग रहेको छ।

मिथुन : दिन सामान्य राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। मनमा उत्साह बढ्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। पुराना सम्बन्धबाट पनि सहयोग मिल्नेछ।

कर्कट : दिन सामान्य छ। उत्तरतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा नै हुनेछ। तर ठूला र नयाँ काममा हात नहाल्नुहोला। पारिवारिक समस्या आउनेछ। धार्मिक काम गर्नुहोला।

सिंह : दिन निकै राम्रो छ। पुराना मित्रसँगको भेटले मन खुसी हुनेछ। सामाजिक, आर्थिक, राजनीति क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा निकै राम्रो छ। अध्ययन, अध्यापनमा मन जानेछ। स्वास्थ्य अवस्था सामान्य रहनेछ।

कन्या : दिन समान्य राम्रो छ। सबै क्षेत्रमा आशिंक फल मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट भने राम्रो नतिजा मिल्नेछ। नाम, दाम, इनाम पाउने योग रहेको छ। राजनीतिमा भने सचेत हुनुपर्नेछ।

तुला : पठनपाठनमा रुची बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा समस्या बढ्नेछ। स्वास्थ्यमा गढबढी हुने देखिएको छ।

वृश्चिक : बोल्दा विचार गर्नुहोला। आफ्नै कारणले समस्यामा पर्ने देखिन्छ। प्रतिस्पर्धी पराजित हुनेछन्। हरेक काम गर्दा गणेश भगवानलाई सम्झनुहोला।

धनु :साथीभाइको सहयोग मिल्नेछ। स्वास्थ्यमा समस्या आउने भएकाले सचेत हुनुपर्नेछ। रोजगारको क्षेत्रमा समय राम्रो छैन। वादविवाद हुने योग परेको छ।

मकर : दिन खासै राम्रो छैन। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि स्वास्थ्य र शिक्षाको पाटो निकै सबल रहेको छ। अध्ययन अध्ययापनमा रुची बढ्नेछ।

कुम्भ : यात्रामा कठिनाइ हुनेछ। चिन्ता बढ्नेछ। फाइदा हुने भन्दा पनि परोपकारमा मन खुसी हुनेछ।

मिन : वैदेशिक क्षेत्रमा गरेको मिहेनतको फल प्राप्त हुनेछ। कमाइको थोरै भाग दान गरेमा ठूलो फाइदा हुनेछ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ५ : २७ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका– ६ वडा कार्यालयले वाडका ४६ जना

लुलाङ–गुर्जा सडक : भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी–  म्याग्दीको लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका– १ गुर्जा जोड्ने

शिक्षकहरूले आज पनि प्रदर्शन गर्ने

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरका शिक्षकहरूले आज पनि काठमाडौंमा

कार्नीलाई बधाई दिँदै ट्रम्पले खोले क्यानडासँग वार्ताको ढोका

वाशिंटन – क्यानडामा सम्पन्न निर्वाचनमा पहिलो स्थान पाएको लिबरल पार्टीका

कोशी सरकारका महत्वकांक्षी ३५ परियोजना, कोदोको रक्सीदेखि मोनोरेल प्रोजेक्टसम्म

काठमाडौं – प्रादेशिक समृद्धिको आधारः जलस्रोत, पर्यटन, कृषि र पूर्वाधार