सोमालियाका ५५ लाख नागरिकलाई खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको माग « Khabarhub

सोमालियाका ५५ लाख नागरिकलाई खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको माग


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघले सोमालियाका करिब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने बताएको छ।

संयुक्त राष्ट्र संघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले त्यहाँको अवस्था विकराल बन्दै गएको र खडेरीका कारण लाखौं मानिस भोकमरीको गम्भीर अवस्थामा पुगेको भन्दै तत्काल खाद्यान्न सहायता आवश्यक रहेको बताएको हो।

त्यहाँ अहिलेसम्म ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र ती मध्ये १४ लाखभन्दा बढी बालबालिका रहेका पनि राष्ट्रसंघले जनाएको छ।

सोमालियाका लागि राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रतिनिधि आदम अब्दैलमौलाले चरम भोकमरीका कारण त्यहाँका पाँच वर्षभन्दा मुनिका बालबालिका कुपोषित भएको र तत्काल उपचार नगरे उनीहरुको ज्यानै जान सक्ने भन्दै चिन्ता व्यक्ति गरेका छन्।

भोकमरीका कारण त्यहाँ करिव पाँच लाख मानिस खानेकुराको खोजीका अन्य स्थानमा पलायन भइसकेका र करिव २९ लाख मानिस देशभित्रै विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ०० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई