युनिस आँधीले ढाल्यो ‘न्यूटनको रूख’ « Khabarhub

युनिस आँधीले ढाल्यो ‘न्यूटनको रूख’


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेनमा रहेको विश्व प्रसिद्ध ‘न्यूटनको स्याउको रूख’ युनिस आँधीका कारण् ढलेको छ । सो रुख चर्चित वैज्ञानिक आइज्याक न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएको मूल रुखको बोट हो ।

बोटानिक गार्डेनका संरक्षक डा. स्यामुएल ब्रोकिङ्गटनका अनुसार सो रुख सन् १९५४ मा रोपिएको थियो । विश्वविद्यालयको बोटानिक गार्डेनको प्रवेशद्वारमा यो रुख ६८ वर्षदेखि सग्लै थियो । जहाँ न्यूटनको स्याउको रूख थियो । सो स्याउको रुखको बोट छिट्टै अर्को ठाउँमा सार्ने तयारी छ ।

न्यूटनलाई गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउन यो रुखले मद्दत गरेको थियो । वैज्ञानिक किंवदन्ती अनुसार आइज्याक न्युटन स्याउको रूखमुनि बसिरहेका बेला टाउकोमा स्याउ खसेपछि उनले त्यसबारे अध्ययन तथा अनुसन्धान थालेका थिए ।

सो अनुसन्धानबाट न्यूटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाएका थिए । गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाइएपछि सो रुखलाई संरक्षण गरेर राखिएको थियो । १९ औं शताब्दीमा ठूलो आँधी आएपछि न्यूटनले गुरुत्वाकर्षण्को निमय पत्ता लगाएको मूल रुख ढलेको थियो ।

तर अरु सहायक रुखका बोट भने संरक्षण गरेर राखिएको थियो । जहाँ न्यूटनको सिद्धान्त पत्ता लगाएको मूल रुखमा अहिले पनि बोर्ड राखिएको छ । तर पछिल्लो एक सातादेखि युनिस नामको शक्तिशाली आँधीका कारण न्यूटनको स्याउको रुखको सहायक बोट पनि ढलेकोे हो ।

सहायक बोट पनि ढलेपछि न्यूटनले गुरुत्वाकर्षण सिद्धान्त पत्ता लगाएको बोटानिक गार्डेनको महत्व र संरक्षणमा चुनौति देखिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ३८ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल