प्रचण्डसँग देउवाको आग्रह - 'एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिनुस्' | Khabarhub Khabarhub

प्रचण्डसँग देउवाको आग्रह – ‘एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिनुस्’


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन्।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका देउवाले त्यसको भोलिपल्ट सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका हुन्।

भेटेका लागि देउवा आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा उनले संसद्मा टेबल भएको एमसीसी पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन प्रचण्डसँग आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ।

माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीका विषयमा आफूहरूले लिखित असहमति जनाएका कारण पक्षमा मतदान गर्न नसक्ने जवाफ दिएका छन्। विपक्षमा मतदान गर्ने वा अनुपस्थित भएर असहमति प्रकट गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ छ।

सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा उभिने यसअघि नै निर्णय गरिसकेका छन् । गठबन्धनमा रहेका दलहरूबीच सहमति हुन नसकेपछि हिजो बेलुका एमाले अध्यक्ष ओलीसँग भेटेर प्रधानमन्त्री देउवाले सहयोग मागेका थिए तर ओलीले पहिले आफूहरुको माग पूरा गर्न आग्रह गरेका थिए। एमालेले आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : ०५ बजे

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि