प्रचण्डसँग देउवाको आग्रह – ‘एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिनुस्’ « Khabarhub

प्रचण्डसँग देउवाको आग्रह – ‘एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिनुस्’


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले दौडधुप तीव्र पारेका छन्।

मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका देउवाले त्यसको भोलिपल्ट सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका हुन्।

भेटेका लागि देउवा आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा उनले संसद्मा टेबल भएको एमसीसी पारित गर्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा मतदान नगरे पनि विपक्षमा नउभिन प्रचण्डसँग आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ।

माओवादी अध्यक्ष प्रचण्डले भने एमसीसीका विषयमा आफूहरूले लिखित असहमति जनाएका कारण पक्षमा मतदान गर्न नसक्ने जवाफ दिएका छन्। विपक्षमा मतदान गर्ने वा अनुपस्थित भएर असहमति प्रकट गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ छ।

सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा उभिने यसअघि नै निर्णय गरिसकेका छन् । गठबन्धनमा रहेका दलहरूबीच सहमति हुन नसकेपछि हिजो बेलुका एमाले अध्यक्ष ओलीसँग भेटेर प्रधानमन्त्री देउवाले सहयोग मागेका थिए तर ओलीले पहिले आफूहरुको माग पूरा गर्न आग्रह गरेका थिए। एमालेले आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  १० : ०५ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु