सुरक्षित आवासको पर्खाइमा तालगाउँका बाढी प्रभावित | Khabarhub Khabarhub

सुरक्षित आवासको पर्खाइमा तालगाउँका बाढी प्रभावित


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- गत जेठ ३१ र असारको पहिलो साता मस्र्याङ्दी नदीमा आएको बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।

चिसो मौसम कठ्याङग्रिदै कटाएका बाढी प्रभावितहरू सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् । बाढीका कारण विस्थापित तालगाउँ र सिरानतालका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् । सुरक्षित आवासको अभावमा उनीहरुले भत्किएका संरचना हटाएर टिनको घरटहरा निर्माण गरी बस्न थालेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासाँे गाउँपालिकाको रु एक लाखमार्फत बाढीपीडितले अस्थायी टहरा बनाएर बस्न थालेका हुन् । बाढीपीडितका लागि अबको वर्षायाम अगावै स्थानान्तरण वा सुरक्षित तबरबाट बस्ती बसाल्न सक्ने अवस्था निर्माण भएको प्रजिअ आचार्यले बताए । तीन तहको सरकारसँग आग्रह पश्चात् यहाँका स्थानीयवासी सुरक्षित भएको उनले बताए । गत जेठ ३१ र असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले तालगाउँ र सिरानताल तहसनहस पारेको बस्ती हो ।

जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौँतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापितहरु बताउँछन् । बाढीपहिरा जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई पुर्खौली थातथलो छोड्नुपर्ने चिन्ता पनि उतिकै छ । घर बनाउनकै लागि उनीहरूले सुरक्षित ठाउँ अझै पाउन सकेका छैनन् । जग्गा अभावकै कारण प्रभावितहरूको सुरक्षित आवास निर्माणको प्रक्रिया समेत अघि बढ्न नसकेको उनीहरु बताउँछन् । सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रदेश र स्थानीय सरकारले दिएको रकमबाट टहरा बनाउन पनि नपुगेको बाढीपहिरा पीडितको गुनासो छ । रगत पसिना बगाएर बनाइएको घरबारी बगाएपछि गाउँले अलपत्र परेका छन् । तालगाउँका बाढी प्रभावित आन्द्रे गुरुङले लामो समयपछि टिनको टहरा बनाएर बस्न पाएकामा खुसी लागेको बताए । “ढिलै भए पनि वर्षायाममा ओत लाग्ने ठाउँ बनेको छ । सरकार रहेको आभास भएको छ”, उनले भने । नदीको किनारमा रहेको तालगाउँ बाढीको धेरै जोखिमपूर्ण क्षेत्र मानिन्छ । सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

भौगर्भिक अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको प्रजिअ आचार्यले बताए । अध्ययनपछि उक्त ठाउँमा बस्न मिल्ने वा नमिल्ने विषयको छलफल गरिने उनको भनाइ छ । नतिजाका आधारमा अन्य कदम चालिने उनले बताए । उनले भने , “अध्ययनपछि मात्रै पुनर्वासमा जाने वा यहीँ ठाउँमा बस्ती बसाल्नेबारे निक्र्याैल हुनेछ ।” तालगाउँका अधिकांश जग्गाको नापी भएको छैन् । धेरै पहिले यहाँ व्यापारिक सहजताका लागि आएर मानिसहरु बस्न थालेको बताइएको छ । यहाँ आधा जति स्थानीयवासी तालमै बस्न इच्छुक देखिएका छन् । बाढीपहिरापीडित अबको वर्षामा के हुने हो, थाहा छैन भनेर पिरोलिँदै छन् ।

स्थानीय तहले पनि बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस काम देखिएको छैन । बर्षायाम सुरु हुनु अगावै उनीहरूलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतीपूर्ण देखिए पनि सफल हुने विश्वास स्थानीय तहको छ । स्थानीयवासीको इच्छा विपरीत अन्यत्र स्थानान्तरण गर्ने कुराको पनि छलफल नभएको होइन । तर स्थानीयवासीको इच्छालाई टार्न नसक्दा उनीहरुले अहिले सोही ठाउँमा टीनको छानो बनाएर बसोबास थालेका छन् ।

यस क्षेत्रको भौगर्भिक अध्ययनको नतिजा अनुसार मात्र बस्न नमिल्ने भएमा उनीहरुलाई अन्यन्त्र स्थानान्तरण गर्न सकिने सो गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ३ : २५ बजे

व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

मनसुनमा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

गण्डकी– अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक

साउनको दोस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं– साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड

हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका