हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र « Khabarhub

हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ गायब हुँदा अनेक प्रश्न जन्माएको छ ।

स्थानीय उर्मिला हायुसहित उनको परिवारका १६ जना गायब भएको पुष्टि सोमबार बिहान भएको थियो । तर हायु परिवारका सदस्य केही दिनबाटै गायब भएको अनुमान जनप्रतिनिधले गरेका छन् ।

सोमबार बिहान खबर आएपछि प्रहरीको टोली र वडाध्यक्ष रविन श्रेष्ठ हायु परिवारको घरमा पुग्दा कुकुर रोइहरहेको थियो भने अरु चौपाया पनि अलपत्र थिए ।

वडाध्यक्ष श्रेष्ठ, स्थानीय छिमेकी र प्रहरी हायु परिवारको घरमा पुग्दा बेवारिसे बनेको कुकुर झ्यालमा बसेर रोइरहेको थियो ।

हायु परिवारका सबै १६ जना सदस्य अचानक सम्पर्कविहीन भएर गायब बनेको थाहा पाएपछि खोजी तीव्र पारिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले हायु परिवारको खोजीका लागि जिल्ला प्रहरी कार्यालयको पनि टोली परिचालन गरिएको छ।

सोमबार बिहान मात्रै हायु परिवार गायब भएको कुरा छिमेकीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। हायु परिवारको घरमा प्रहरी र जनप्रतिनिधिको टोली पुग्दा घरसँगै जोडिएको भान्साका लागि बनाइएको छाप्रो आगोले जलेको अवस्थामा भेटिएको छ ।

‘गोलान्जोर गाउँपालिका वडा नम्बर ६ को छेत्पानजिक भण्डास बिप्पर कटेरीमा बसोबास गर्ने उर्मिला हायुको सम्पूर्ण १६ जना परिवार सम्पर्कविहीन भएको छ’, श्रेष्ठले भने, ‘घरसँगैको भान्सामा आगो लागेर हल्का क्षति भएको छ। बाख्रा, कुखुरा, भैँसी अलपत्र अवस्थामा छन् । सम्पूर्ण परिवार हराएकाले खोजीकार्य जारी छ ।’

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ तर हायु परिवारका कोही सदस्य नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए ।

उनका अनुसार हायु परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीजस्ता गोठमै अलपत्र छन् । हायु परिवारको घरभित्र कोही पनि सदस्य भेटिएनन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : ५९ बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको