विदेशी मुद्रासहित एक भारतीय नगरिक पक्राउ « Khabarhub

विदेशी मुद्रासहित एक भारतीय नगरिक पक्राउ


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रा (अमेरिकी डलरलगायत) सहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईमार्फत काठमाडौँबाट दुबई जान लागेका भारतीय नागरिक शतिश परसोत्तम सजनानीलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

अवैध रुपमा विदेशी मुद्रा लैजान लागेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा उनको हाते झोलाबाट विभिन्न देशका मुद्रा फेला परेपछि पक्राउ गरिएको उनले बताए । उनको साथबाट प्रहरीले २० हजार अमेरिकी डलर, रु ३१ हजार छ सय पाँच इङ्ल्यान्ड पाउन्ड, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३०० युएई दिराम बरामद गरेको छ ।

मङ्गलबार पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज राजश्व अनुसन्धान विभाग, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ४ : ४१ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी