एमसीसीको पक्षमा मत दिने लोसपाको निर्णय « Khabarhub

एमसीसीको पक्षमा मत दिने लोसपाको निर्णय


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको लोसपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

प्रतिनिधिसभामा १३ सिट रहेको लोसपा एमसीसीको समर्थनमा छ । संसदीय दलको बैठकले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । त्यसैले भोलिको

संसद बैठक एमसीसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेस एमसीसीको पक्षमा छ भन्ने अन्य दलले निर्णय लिन बाँकी छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ४ : ३६ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।