काठमाडौँका ए डिभिजन फुटबल क्लबलाई सहयोग « Khabarhub

काठमाडौँका ए डिभिजन फुटबल क्लबलाई सहयोग


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महनगरपालिकाले काठमाडौँका ए डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

पछिल्लो दुई वर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ए डिभिजन क्लबलाई १०–१० लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।

यसलाई निरन्तरता दिँदै काठमाडौँका पाँच क्लबलाई १०–१० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

महानगरले संकटा क्लब, मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, न्यूरोड टिम एनआरटी र मच्छिन्द्र क्लबलाई रकम हस्तान्तरण गरेको हो ।

अघिल्लो सिजनमा काठमाडौँमा रहेका ६ क्लबलाई महानगरपालिकाले रकम दिएको थियो । तर, सरस्वती क्लब बी डिभिजनमा झरेपछि यो पटक पाँच क्लबले रकम पाएका हुन् ।

कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले फुटबल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि महानगरले सहयोग गरेको बताए ।

त्यस्तै, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लवहरूको खर्च बढ्दै गएको र लिग महँगो हुँदै गएको अवस्थामा महानगरको योगदानले क्लबहरूलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

महानगरले चाँडै बी र सी डिभिजनका क्लबलाई पनि सहयोग गर्ने भएको छ । अहिले यसका लागि प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : १९ बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६