राजधानीमा जथाभावी पार्किङ गर्नेलाई कारबाही अभियान « Khabarhub

राजधानीमा जथाभावी पार्किङ गर्नेलाई कारबाही अभियान


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई कारबाही गर्ने अभियान चलाएको छ ।

बुधबार राजधानीमा विभिन्न क्षेत्रमा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनहरूलाई हटाउन प्रहरीले स्वीप अपरेशन चलाएको हो ।

पाटन क्षेत्रमा बुधबार ३७ सवारी साधनलाई कारबाही गरिएको छ । साथै, प्रहरीले जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ्ग नगर्न सचेतसमेत गराएको छ ।
त्यसैगरी, बुधबार नै बौद्ध एरियामा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ्ग गर्ने जुनसुकै सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन यो अभियान सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ३४ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई