राजधानीमा जथाभावी पार्किङ गर्नेलाई कारबाही अभियान « Khabarhub

राजधानीमा जथाभावी पार्किङ गर्नेलाई कारबाही अभियान


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई कारबाही गर्ने अभियान चलाएको छ ।

बुधबार राजधानीमा विभिन्न क्षेत्रमा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनहरूलाई हटाउन प्रहरीले स्वीप अपरेशन चलाएको हो ।

पाटन क्षेत्रमा बुधबार ३७ सवारी साधनलाई कारबाही गरिएको छ । साथै, प्रहरीले जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ्ग नगर्न सचेतसमेत गराएको छ ।
त्यसैगरी, बुधबार नै बौद्ध एरियामा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ्ग गर्ने जुनसुकै सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन यो अभियान सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ७ : ३४ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई

बेपत्ताका आफन्तले सास नभए लास मागिरहेका छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ : प्रभु साह

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा

‘प्रधानमन्त्री राष्ट्रसंघमा जाऊन्, विकसित देशले राहत होइन, कार्बन उत्सर्जनको क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जलवायु