अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले असर पर्नसक्छ : प्रधानमन्त्री देउवा « Khabarhub

अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले असर पर्नसक्छ : प्रधानमन्त्री देउवा


११ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू–राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले सचेत रहन निर्देशन दिएका छन् ।

महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित दुईदिने कमाण्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्दै उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको सानो परिर्वतनले देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा असर पर्नसक्नेतर्फ ध्यानाकर्षण गराए ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल सञ्चालनमार्फत भविष्यमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञ उत्पादन हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौँ–तराई–मधेस द्रुतमार्गलगायतका विभिन्न राष्ट्रिय सडक करिडोरको निर्माणमा सेनाले पु¥याएको योगदानको प्रशंसा गरे ।

मुलुकका सडक पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न सेना सक्षम रहेको उल्लेख गर्र्दै उहाँले सेनाको पहलकदमीमा स्थापना हुन लागेका आयोजनामा आवश्यक स्रोतसाधनको अभाव हुन नदिने दृढता व्यक्त गरे ।

उहाँले ‘बङ्करदेखि ब्यारेक’ कार्यक्रम यथाशीघ्र सम्पन्न गरी सेनाका सकलदर्जाका लागि उचित कार्य वातावरण सुनिश्चित गर्नसमेत सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री एवं रक्षामन्त्री देउवाले महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा स्वदेश तथ विदेशमा कार्यरत सेनाका सकलदर्जामा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेश अक्षरशः पालना गर्न कटिबद्ध रहेको बताए ।

उनले भने, “देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिका सम्बन्धमा सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको छ, त्यसबाट सिर्जना हुनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न सदैव तयारी अवस्थामा छ ।”

बैठकमा विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गर्नुहुनेछ ।

शुभारम्भ कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, पिएसओज रथीवृन्द, सबै कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्रका बाहिनी अड्डाका बाहिनीपतिको सहभागिता छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ८ : २७ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको