खुल्यो वन रक्षकमा जागिर, १६७ पदमा दरखास्त आह्वान « Khabarhub

खुल्यो वन रक्षकमा जागिर, १६७ पदमा दरखास्त आह्वान


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ ।

सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो ।

आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपाङ्ग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत आवेदन दिन पाउनेछन्  । कक्षा ८ उत्तीर्ण भई शारीरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : १३ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको