तालिबान महिलालई पढ्न दिने निर्णयबाट पछि हट्यो « Khabarhub

तालिबान महिलालई पढ्न दिने निर्णयबाट पछि हट्यो


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा सरकार हाँकिरहेको तालिबानले महिलालाई विद्यालय जान दिने निर्णय रद्द गरेको छ । सर्वत्र दबाबपछि अफगानिस्तानमा तालिवानले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि एकाएक निर्णय नै रद्द गरिएको हो ।

छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरूले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्द गरियो भन्ने बारेमा भने उनीहरूले केही बताएका छैनन् । तालिबानको यस्तो निर्णयबाट खुशी भएकाहरू अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुःखी भएका छन् ।

छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो ? भन्ने पत्रकारहरूको प्रश्नमा तालिबान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भने, ‘हो, त्यो सत्य हो ।’
सरकारले विद्यालय जान नदिने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।

‘निर्णय कार्यान्वयन हुन नसक्नुको कारणका बारेमा अहिले नै विस्तृत व्याख्या गर्न हामीलाई अनुमति छैन,’ शिक्षा मन्त्रालयका प्रवक्ता अजीज अहमद रायनले भने ।

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेयता महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरूले निरन्तर आवाज उठाउँदै आएका थिए । उनीहरूको दबाबका कारण तालिवान उच्च अधिकारीहरुले महिलाहरुको अधिकार पुनर्बहाली हुने आश्वासन पनि दिँदै आएका थिए । 

विश्वभरबाट आएको दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका कार्य गर्न दिने निर्णय पनि गरेको थियो । तर अहिले आएर एकाएक त्यस निर्णयबाट तालिबान पछाडि हटेको हो ।

तालिबानले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेकोप्रति संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरुले तालिबान सरकारको पछिल्लो निर्णयबाट अत्यन्त दुःखी बनाएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ३० बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६