भारतको सहयोगमा विराटनगरमा निर्मित गुरुकुल नाट्यशालाको उद्घाटन « Khabarhub

भारतको सहयोगमा विराटनगरमा निर्मित गुरुकुल नाट्यशालाको उद्घाटन


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– भारत सरकारको सहयोगमा मोरङको विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ ।

विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज नाट्यशाला भवनको उद्घाटन गरेका हुन् ।

शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा आरोहण–गुरुकुल नाट्यशाला निर्माण गरिएको हो ।

नेपाली रुपैयाँ ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया एट ७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।

आरोहण–गुरुकुल नाट्य समूहले नेपाली रंगमञ्चको प्रबर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ । साथै, नयाँ दिल्लीस्थित नेशनल स्कूल अफ ड्रामा लगायत भारतका विभिन्न नाट्य समूहसँग पनि यो समूहको सुमधुर सम्बन्ध रहँदै आएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : १० बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको