उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिबद्धः मन्त्री कार्की « Khabarhub

उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिबद्धः मन्त्री कार्की


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री कार्कीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री कार्कीले उद्यमशीलताको विकास तथा स्टार्टअप व्यवसायलाई सरकारले प्रोत्साहित गर्ने नीति लिएको पनि बताए ।

सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन र वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री नीति लिएको भन्दै सेवा प्रवाहलाई सरलीकृत गरी प्रक्रियागत झन्झटलाई हटाइएको पनि उनले बताए ।

सरकारले स्थापना गरेको एकल बिन्दु सेवाबाट उद्योगी व्यवसायीलाई व्यावसायिक गतिविधि बढाउन सहयोग मिलेको उनको भनाइ थियो ।

मन्त्री कार्कीले व्यवसाय प्रबर्द्धन, उद्यमीको क्षमता अभिवृद्धि र वित्तीय सहजीकरण गर्न सरकारले यससम्बन्धी नीति परिमार्जन गरेको पनि बताए ।

सम्मेलनमा भारतीय राजदूत विमानमोहन क्वात्राले अन्वेषण र उद्यमशीलता भारत सरकारको प्राथमिकतामा रहेको भन्दै भारत र नेपालका युवा उद्यमीको क्षमता अभिबृद्धि गर्न सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

क्लक वि बिजनेस इनोभेसन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा ‘कनेक्ट इन’ को तेस्रो संस्करणका रूपमा सम्मेलनको आयोजना गरिएको हो । ‘कनेक्ट इन’को पहिलो संस्करण सन् २०१८ र दोस्रो संस्करण सन् २०१९ मा भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ३१ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित