उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिबद्धः मन्त्री कार्की | Khabarhub Khabarhub

उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिबद्धः मन्त्री कार्की


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमशीलताको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनमा मन्त्री कार्कीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

मन्त्री कार्कीले उद्यमशीलताको विकास तथा स्टार्टअप व्यवसायलाई सरकारले प्रोत्साहित गर्ने नीति लिएको पनि बताए ।

सरकारले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन र वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री नीति लिएको भन्दै सेवा प्रवाहलाई सरलीकृत गरी प्रक्रियागत झन्झटलाई हटाइएको पनि उनले बताए ।

सरकारले स्थापना गरेको एकल बिन्दु सेवाबाट उद्योगी व्यवसायीलाई व्यावसायिक गतिविधि बढाउन सहयोग मिलेको उनको भनाइ थियो ।

मन्त्री कार्कीले व्यवसाय प्रबर्द्धन, उद्यमीको क्षमता अभिवृद्धि र वित्तीय सहजीकरण गर्न सरकारले यससम्बन्धी नीति परिमार्जन गरेको पनि बताए ।

सम्मेलनमा भारतीय राजदूत विमानमोहन क्वात्राले अन्वेषण र उद्यमशीलता भारत सरकारको प्राथमिकतामा रहेको भन्दै भारत र नेपालका युवा उद्यमीको क्षमता अभिबृद्धि गर्न सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

क्लक वि बिजनेस इनोभेसन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा ‘कनेक्ट इन’ को तेस्रो संस्करणका रूपमा सम्मेलनको आयोजना गरिएको हो । ‘कनेक्ट इन’को पहिलो संस्करण सन् २०१८ र दोस्रो संस्करण सन् २०१९ मा भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ३१ बजे

आरटीएन दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न 

विराटनगर– आरटीएन (राउण्ड टेबल नेपाल) दिवसको अवसरमा विराटनगर सेन्ट्रल राउण्ड टेबल

जंगली हात्ती दिउँसै बस्तीमा पसेपछि स्थानीय त्रसित

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जंगली हात्ती

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

पर्यटकका पखाइमा म्याग्दीको पुलाश्रम

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पुलाश्रम (पछै) पर्यटकको पर्खाइमा

कार्यस्थलमा छैन स्तनपान कक्ष

चितवन– सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको