विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनको विषयमा परामर्श « Khabarhub

विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनको विषयमा परामर्श


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– भारतको विहार सरकार र मधेश सरकारबीच पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

आजादी का अमृत महोत्सव (इन्डिया एट ७५) अन्तर्गत वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले गरेको ‘विहार सरकार र मधेश प्रदेश सरकारबीच पर्यटनको प्रवर्द्धन’ नामक कार्यक्रममा पर्यटनको क्षेत्रमा दुई पक्षीय हितका विषयमा छलफल भएको हो ।

छलफलमा सहभागीहरूले दुवै तर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू र यसका समाधानका उपायहरूबारे चर्चा गरेका थिए ।

त्यस्तै, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धका साथै भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटको सम्बन्धको महत्वबारे पनि सहभागीहरूले धारणा राखेका थिए ।

छलफलमा मधेस प्रदेश र विहारको पूर्वी तथा पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा विशेष जोड दिइएको थियो ।

त्यसैगरी, सीमामा हेल्प डेस्कको स्थापनालगायत विषयमा चर्चा भएको थियो ।

साथै, नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार तथा सहजीकरण गर्ने विषयमा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले सहमति जनाउनु भएको थियो ।

छलफलमा मन्त्री महतो, पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआईडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधिलगायत सहभागी थिए ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ११ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको