शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्नेछ : मन्त्री पौडेल « Khabarhub

शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्नेछ : मन्त्री पौडेल


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा निजी क्षेत्रले गरेको लगानीलाई सरकारले सुरक्षा गर्ने बताएका छन् । 

बुधबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याव्सनको शिक्षा मन्दिर उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि निजी क्षेत्रलाई पनि समावेश गरेर अघि बढ्ने र निजी क्षेत्रको लगानीलाई सुरक्षा गर्ने बताएका हुन्। 

उहाँले शिक्षा क्षेत्रको सुधारका लागि निजी क्षेत्रले राखेका विषयहरुलाई राज्य गम्भीर रहेको उल्लेख गरे। मन्त्री पौडेलले शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जिकिर गरे। विद्यार्थीहरुबाट कम शुल्क लिएर गुणस्तरीय शिक्षा दिन उनले ध्यानाकर्षण गराए।

उनले शिक्षा ऐनलाई समयसापेक्ष संशोधन गर्दै अघि बढिने जानकारी दिए।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ०१ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको