फिलिपिन्सका राष्ट्रपति डुटेर्टेद्वारा विदेशी पर्यटकलाई सहज प्रवेश गर्न दिन निर्देशन « Khabarhub

फिलिपिन्सका राष्ट्रपति डुटेर्टेद्वारा विदेशी पर्यटकलाई सहज प्रवेश गर्न दिन निर्देशन


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले विदेशी पर्यटकहरुलाई सहजै प्रवेश गर्न दिन निर्देशन दिएका छन् । कोरोनाभाइरस महामारीका कारण विदेशी पर्यटकहरुको प्रवेशमा कडाइ गरिदै आइएकोमा अहिले संक्रमणमा कमी आएकाले अब खुकुलो बनाउनु पर्ने उनको भनाइ छ ।

विदेशी पर्यटकहरुका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उनले बताए । ‘विदेशी पर्यटकहरु आउदा विदेशी रकम पनि आउछ, त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नुका साथै आर्थिक सन्तुलनमा समेत सहयोग पुग्छ,’ उनले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । 

निर्देशनमा कोरोना सम्वन्धी अन्य प्रतिवन्धात्मक व्यवस्थालाई पनि खुकुलो बनाइएको जानकारी दिइएको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरु ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिएका छन् ।

फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण तीस लाख ६७ हजार मानिस सङ्क्रमित भएका छन् भने  ५८ हजार २८१ जनाको मृत्यु भएको छ । देशको अहिलेको कुल जनसङ्ख्या छ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये झण्डै तीन चौथाईले पूर्ण खोप लगाइसकेका सरकारी अधिकारीहरुको दाबी छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ०३ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको