जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सबैको ध्यान जानुपर्छ : प्रधानमन्त्री « Khabarhub

जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सबैको ध्यान जानुपर्छ : प्रधानमन्त्री


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण पर्वतीय वातावरणमा परेको असरप्रति सबैको ध्यान जानुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पारिरहेको भन्दै यस बिषयमा नेपालको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताए ।

उनले विश्वका हिमाली देशहरुसंग पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीका विषयमा सहकार्य आवश्यक रहेको धारणा राखे । सम्मेलनमार्फत पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा हुने छलफल महत्वपूर्ण हुने उनको भनाइ छ ।

दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागि छन् । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ०१ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको