अमेरिकास्थित अफगान राजदूतावास बन्द हुने « Khabarhub

अमेरिकास्थित अफगान राजदूतावास बन्द हुने


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको राजधानी वाशिंटन डिसीमा रहेको अफगानिस्तानको राजदूतावास आगामी साताहरुमा बन्द हुने भएको छ । गत वर्षको अगष्ट महिनामा अफगानिस्तानमा इस्लामिक लडाकु समूह तालिबानले सत्ता कब्जा गरेपछि पूर्ववर्ती प्रशासनले नियुक्त गरेका राजदूत र कर्मचारीले आगामी केही साताको अवधिमा उक्त दूतावास बन्द गर्न लागेका हुन् ।

यसबारे अमेरिकी प्रशासनले दूतावासलाई जानकारी दिइसकेको बताइएको छ । तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपनि कुनै पनि मुलुकबाट अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।

यसका साथै हाल अमेरिकामा रहेका पूर्ववर्ती प्रशासनले नियुक्त गरेका राजदूत एवम् कूटनीतिज्ञहरुले त्यहाँ मानवीय आधारमा शरण माग्ने म्याद एक महिनाभन्दा कम मात्रै बाँकी रहेकाले राजदूतावास बन्द हुन लागेको बताइएको छ ।

अफगान कूटनीतिज्ञहरुले अमेरिकामै शरण लिनका लागि आवेदन दिनुपर्नेछ । अन्यथा उनीहरुलाई त्यहाँबाट देशनिकाला गरी अफगानिस्तान पठाइने र त्यहाँ तालिबानले उनीहरुमाथि ज्यादती गर्ने खतरा उत्पन्न हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार वाशिंटन डीसीस्थित १ सय कूटनीतिज्ञ एवम् कर्मचारीमध्ये अझै २५ जनाले अमेरिकामै शरण लिनका लागि आवेदन दिएका छैनन् ।

यसबाहेक अफगान सत्ता कब्जागरेपछि तालिबानमाथि लगाइएको प्रतिबन्धका कारण अमेरिकी बैंकले दूतावासको खाता रोक्का गरेपछि उनीहरुसँग खर्च गर्ने पैसा पनि बाँकी नरहेको बताइएको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : २६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु