अमेरिकास्थित अफगान राजदूतावास बन्द हुने « Khabarhub

अमेरिकास्थित अफगान राजदूतावास बन्द हुने


९ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको राजधानी वाशिंटन डिसीमा रहेको अफगानिस्तानको राजदूतावास आगामी साताहरुमा बन्द हुने भएको छ । गत वर्षको अगष्ट महिनामा अफगानिस्तानमा इस्लामिक लडाकु समूह तालिबानले सत्ता कब्जा गरेपछि पूर्ववर्ती प्रशासनले नियुक्त गरेका राजदूत र कर्मचारीले आगामी केही साताको अवधिमा उक्त दूतावास बन्द गर्न लागेका हुन् ।

यसबारे अमेरिकी प्रशासनले दूतावासलाई जानकारी दिइसकेको बताइएको छ । तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपनि कुनै पनि मुलुकबाट अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।

यसका साथै हाल अमेरिकामा रहेका पूर्ववर्ती प्रशासनले नियुक्त गरेका राजदूत एवम् कूटनीतिज्ञहरुले त्यहाँ मानवीय आधारमा शरण माग्ने म्याद एक महिनाभन्दा कम मात्रै बाँकी रहेकाले राजदूतावास बन्द हुन लागेको बताइएको छ ।

अफगान कूटनीतिज्ञहरुले अमेरिकामै शरण लिनका लागि आवेदन दिनुपर्नेछ । अन्यथा उनीहरुलाई त्यहाँबाट देशनिकाला गरी अफगानिस्तान पठाइने र त्यहाँ तालिबानले उनीहरुमाथि ज्यादती गर्ने खतरा उत्पन्न हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार वाशिंटन डीसीस्थित १ सय कूटनीतिज्ञ एवम् कर्मचारीमध्ये अझै २५ जनाले अमेरिकामै शरण लिनका लागि आवेदन दिएका छैनन् ।

यसबाहेक अफगान सत्ता कब्जागरेपछि तालिबानमाथि लगाइएको प्रतिबन्धका कारण अमेरिकी बैंकले दूतावासको खाता रोक्का गरेपछि उनीहरुसँग खर्च गर्ने पैसा पनि बाँकी नरहेको बताइएको छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ८ : २६ बजे

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,